कावासोति । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले गण्डकि प्रदेशका सम्पुर्ण ११ जिल्लाका राजमार्गहरुमा ‘चालकसँग नमस्ते सहित १ मिनेटको कुराकानी’ भन्ने १ महिने कार्यक्रम आइतवार ७ महिना२३ गतेदेखि शुरु गरिएको हो ।
बढि रहेको सम्भावित सवारी दुर्घटनाहरुलाई न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यसहित आइतबार बिहान ११ बजेबाट ‘चालकसँग नमस्ते सहित १ मिनेट’ कार्यक्रम सम्पुर्ण जिल्लामा एकै साथ शुरु गरिएको हो । गण्डकी प्रदेशका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले एकैसाथ यो कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम अब १ महिनासम्म निरन्तर फरक फरक समयमा सञ्चालन हुने ट्राफिक प्रहरी निरिक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

नवलपुर जिल्लामा प्रदेशकै धेरै दुर्घटना भैरहेको हुदाँ नवलपुरको सबै ठाउँलाई मध्यनजर गरी गैंडाकोट , कावासोती , अरुणखोला र दुम्किवासमा ट्राफिक प्रहरी परिचालन गरि नमस्तेसहित १ मिनेटको कुराकानी अभियान शुरु गरिएको थियो। र आज बिहान ८ देखि ९ बजेसम्म र्खकट्टाको जङगलमा गरिएको र ११ देखि १ बजेसम्म यो अभियान अरुङखोलामा यस अभियान सञ्चाालन गरिने र मासिक अबधिभरी फरक फरक ठाउँमा फरक फरक दिन फरक फरक समयमा सञ्चालन गरिने थापाले बताए ।
यस अभियानमा सवारीलाई एक मिनेट रोक्ने र नमस्कारदेखि कुरा सुरु गरेर सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने गरेको र यस्तो गर्दा ट्राफिक र सवारी चालकबिच राम्रो सम्बन्ध पनि होला र ट्राफिक नियमको पनि चालकले पालना गर्लान र दुर्घटना नियन्त्रण गर्न सकिन्नछ भन्ने बिश्वासका साथ यो अभियान सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी निरिक्षक थापाको भनाई रहेको छ ।