सुन्दैमा अचम्म लाग्ने यो घटना गोरखा नगरपालिका भित्रको हो । सेवाग्रामी सेवा लिन वडाकार्यालय पुग्दा कार्यबाहक वडाध्यक्ष भने काम भए तासको खालमा आउन आग्रह गर्दछन् ।
नेपालको कानुनले जुवा तासलाई अबैधमा मानेको छ । त्यस माथि पनि जनताको मतबाट बिजयी भएका जन निर्वाचित पदाधिकारीहरुले जनताका साना साना काम पनि घर घर मै गएर गरिदिने र जनताको मन जित्ने बेला तासको खालमा सेवाग्राहीलाई डाकेर सेवा दिनु कती उपयुत्त होला ?
घटना क्रम..
गोरखा नगरपालिका २ का वडाध्यक्ष काम बिशेषले गोरखा बजार आउदा सेवालिन आउनेलाई समस्या हुने भन्दै वडा सदस्यलाई कार्यबाहक अध्यक्ष दिए । तर त्यसको ठिक उल्टो जनप्रतिनिधी जंगलमा सजिसजाउ तासको खालमा सहभागी हुन्छन् । कोखे आहाले क्षेत्रको कोलडाडाँमा तास खेल्नका लागि बनाईएको खालबाटै कार्यबाहक वडाध्यक्ष तिलकबहादुर बानियाँले सेवाग्राहीलाई सेवा लिन बाध्य पारेको हो ।
वडाध्यक्षको जिम्मेवारी पाएका बानियाँ वडा कार्यालय नै छोडेर दिउसै तासको खालमा रमाउन थाले पछि सेवाग्राही तासकै खालमा पुगेर काम फत्ते गरेर फर्कन बाध्इ भएका छन् ।
बुधबार स्थानीय सुदिप दियाल भुकम्पको राहातका लागि पुर्नःनिर्माण कार्यालयमा पेश गर्नुपर्ने काजगात बनाउन वडा कार्यालय पुग्दा वडाध्यक्षलाई भेट्दैनन् । वडाध्यक्ष रमतुल्ला मियाँ काम विशेषले गोरखा बजार आएका कारण उनले बानियाँलाई जनताको कामको लागि जिम्मेवारी दिएर आएका थिए ।
कार्यबाहक वडाध्यक्ष बानियाँलाई सेवाग्राही दियालले पटक पटक कार्यालयमा आउन गरेको आग्रहलाई अटेरी गर्दै आफ्नो काम भएकोले यतै आउन भन्छन् । जनताको समस्या भन्दा पनि तासको खेलमा मस्त बानियाँले उनलाई खालैबाट सिफारी गरिदीन्छन् ।
कोलडाडाँ ब्यवस्थीत तास खाल
गोरखा नगरपालिका २ कोखे आहालेको कोलडाडाँमा तास खेल्नकै लागी भनेर जंगलको बिचमा ठाउँ बनाईएको स्थानियले बताए । उत्त स्थानमा बानियाँ सहित धेरै जसो स्थानिय दैनिक तास खेल्ने र कहिले काही जुवाको खेल पनि हुने गरेको छ ।
जुवा तास खेलेर हैरान पारीरहेका उनीहरुका परिवारजनले प्रहरीको निगरानी राम्रो नहुदा पनि आफुहरुले सास्ती ब्यहोर्नु परेको गुनासा गरे ।
अफिस समय पछि सिफारीस गरेको हो : कार्याबाहक वडाध्यक्ष बानियाँ
तास खालमा भेटीएका बानियाँले सेवाग्राहीलाई समस्या परेको कारण ४ बजे पछि आफु भएको स्थानमा ढाकेर सेवा दिएको बताए । ‘वडा सचिव बाहिर जान लागेका कारण सेवा ग्राहीको काम सकेर मात्र जान भनेको र आफ्नो हस्ताक्षरका लागि काम भएको स्थानमा डाकेको बानियाँले बताए । बानियाँले जनताके कामको लागि आफुले बिहानै पनि कार्यालय खोलेर सेवा दिएको समेत बताए ।
तासकै खालबाट सेवा दिएको भए गलत भयो : वडाध्यक्ष मियाँ
वडाध्यक्ष रमतुल्ला मियाँले सेवाग्राहीलाई तासको खालमा बोलाएर सेवा दिनु गम्भीर गल्ती भएको बताए । आफु कामको सिलसिलामा बजार जानुपर्ने भएका कारण वडासदस्य बानियाँलाई कार्यबाहकको जिम्मेवार दिएर गएको उनले बताए ।
एक त वहाँले तास खेल्नु गल्ती हो । त्यस माथि पनि ग्राहीलाई तासको खालमा बोलाएर सेवा दिनु त अर्को गल्ती भएको भन्दै यस बिषयमा के भएको हो आफुले विस्तृतमा बुझेर आबश्यक सोधपुछ वा स्पस्टीकरण लिने वडाध्यक्ष मियाँले जानकारी दिए ।
तासको खालमा ब्यापारी देखी स्थानिय स्कुलका विद्यार्थी अभिभावक संघका अध्यक्ष समेतको सलग्नता रहेको बुझीन आएको छ । जुवा तास खेल्नकै लागि कोडडाडाँको जंगलको बिचमा ब्यवस्थित रुपमा निर्माण गरिएकोले प्रहरी प्रशासन तथा स्थानिय प्रशासनले अब के गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
-साभार: गोरखा समाचार