बुटवल । भन्सार छली गरि अवैध रुपमा बेचविखन गर्न लैजाँदै गरेका राँगाहरु कपिलवस्तु प्रहरीको गस्ती टोलीले मंगलवार दिउँसो नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–११ पटना भन्ने स्थानमा अन्दाजी ४० हजार मूल्य बराबरको ४ वटा राँगा नियन्त्रणमा लिई कृष्णनगर भन्सार कार्यालयमा पठाईएको त्यहाँका प्रहरी प्रवत्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए । साभार: रातोपाटी
कपिलवस्तु प्रहरीद्वारा अवैध राँगा नियन्त्रणमा