भदौ ३ पोखरा । पोखरामा बोलेरो जिपको ठक्करबाट गम्भिर घाइते भएका अर्का एक प्रहरी हवलदारको पनि मृत्यु भएको छ । गए राती पोखराको मालेपाटनमा ड्युटीको समयमा जिपको ठक्करबाट गम्भीर घाइते भएका दंगा नियन्त्रण गुल्म नं १ तनहुँ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत वर्ष ३४ का प्रहरी हवल्दार डम्मबर बहादुर थारु आज दिउँसो मृत्यु भएको हो । गस्तीका क्रममा बाग्लुङ बस पार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपलेपछाडीबाट ठक्कर दिँदा गम्भीर घाइते भएका उनको आज दिउँसो दिउँसो साढे १२ बजे मृत्यु भएको हो । दुर्घटनामा पाल्पाको रिब्दीकोट घर भई दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत मोटरसाइकल चालक प्रहरी जवान वर्ष २० चन्द्र बहादुर बगालेको गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा राति १ ः ५० मा मृत्यु भएको थियो । ठक्कर दिने जिप चालक धादिङको धुनीबेशी गाउँपालिका–५ घर भई पोखरा–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते प्रहरी हवलदारको पनि मृत्यु