कावासोति । पुर्वि नवलपरासी नवलपुरमा नजिकिदैँ गरेको दशैं तिहार छठ जस्ता चाजपर्वहरुलाई मध्यनजर गर्दै कोरोनाको समयमा यात्रुलाई सहज ढङगले ब्यवस्थापन गर्न भन्दै नवलपुरका विभिन्न ठाउँमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
कारोनाको कहर भएता पनि चाडपर्वमा मानिसहरु घर जान खोज्ने हुनाले लामो दूरीका यात्राका यात्रुको सहज ब्यवस्थापनका लागि यात्रु सहायता कक्ष सञ्चालन गरीएको हो ।
नवलपुरको कावासोती, रजहर, गैडाकोट लगायतका मुख्य बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुहरू सहज रूपमा घर जान सकुन भनेर यात्रु सहायता कक्ष स्थापना गरीएको इलाका प्रहरी कार्यालय रजहरका प्रहरी सहायक निरीक्षक शिवजी पन्थले बताए । 
उहाँले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई बीच बाटोमा अलपत्र पार्ने, उल्लेखित भन्दा बढी भाडा लिने लगायत काम गरेमा उक्त वस ब्यवसायीलाई बस कारबाही गरिने बताउनुभयो ।