नवलपरासी/ २२ असोज । बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरस कोभिड-१९ नेपालमा पनि समुदाय स्तरमा फैलिएको लाई मध्यनजर गर्दै सो रोगबाट निम्तीन सक्ने जोखिम र नियन्त्रणका लागी सरकारले आवाहन गरेको चैत ११ गतेदेखी जेष्ठ ३२ गते सम्म पहिलो र साउन २६ गते हाल सम्म दोस्रो चरणको लकडाउन अर्थात बन्दाबन्दिका हाल खुकुलो भए ता पनि महामारी उतिनै छ।
यस बीच जिल्ला प्रशासन कार्यालय नवलपरासिले आवाह्न गरेको निषेधाज्ञा उल्लंघन गर्दै आज एक मेलाको पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक ) ले उद्दघाटन गरेका छन ।
मुस्लिम जनसमुदायको महान पर्व मोहर्म को चालीसाको अवसरमा जिल्लाको पाल्हिनन्दन गाउपालिका वार्ड न० ०२ हरपुर मा० बि० हरपुरको प्रङ्गणमा आज देखि ३ दिन सम्म चल्ने मेलाको समितीका अध्यक्ष सद्दाम राइनको अध्यक्ष तथा पाल्हिनन्दन गाउपालिका प्रमुख बैजु प्रसाद गुप्ता( दिपक) को प्रमुख अतिथिक्ता , नेपाली काङ्ग्रेसका नेता तबरेज आलमको बिशिस्ट अतिथिक्ता लगायत अतिथिहरु को उपस्थितिमा उद्दघाटन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको उद्दघाटन गर्दै अध्यक्ष गुप्ताले यस मेलाको लागी आवस्यक सहयोग गर्ने समेत बताउनु भएको छ ।
विशिष्ट अतिथि तबरेज आलमले यूवाहरूको होैसला बढाउन निम्ति ११००० नगद सहयोग समेत गर्नु भएको छ ।
आयोजकका अनुसार उक्त मेला ३ दिन सम्म चल्ने र १० हजार भन्दा बढी मनिषले अवलोकन गर्ने उद्देश्य लिइएको छ । तर यस्तो महामारी बीच हजारौंमात्रमा भिड हुने कार्यक्रमको उद्दघाटन हुँदा स्थानीय देखि जिल्ला प्रशासन समेत मौन बसेको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार आफू लाई यस विषयमा कुनै पनि जानकारी न भएको बताएका छन् । तर मेलाको लागि १ हप्ता पहिला देखी नै प्रचारप्रसार भइरहेको थियो ।
पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो भए पनि जिल्ला सुरक्षा समितिको बैठकले शैक्षिक संस्था सञ्चालन, मेला ,महोत्सव, गोष्ठी, सैलुन पसललगायत भिडभाड हुने क्षेत्रहरु मा हालसम्म पनि रोक लगाइएको छ । तर व्यवहारमा भने अझै लागु भएको छैन।