राजन कुमार बानिया ,पोखरिया, २ भदौ। सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसवता बाट गयराती ठुलो मात्रामा चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्वमा रहेको टोलीले २० किलो लागुऔषध चरेस बरामद गरेको हो । नेपालको मुडली टिनडोबियाबाट चरेस लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचनाको अधारमा सशस्त्र प्रहरीले ३८ पोकामा रहेको चरेस दसौता गाउँ नजिकबाट बरामद गरेको थियो। तस्करहरुले प्रहरीलाई देख्नासाथ चरेसको पोका फालेर भागेका थिए ।बरामद भएकाे चरेस ईलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जनाएका छन ।
२० किलो चरेश बरामद