नवीन कंडेल ,काठमाडौ । नेपाली कांग्रेस तरुण बिभागका केन्द्रिय सदस्य तथा समाजसेवी पासाङ्ग नुर्पु शेर्पाले लिदिका पहिरो पिडितलाइ आर्थिक सहयोग गरेका छन। सोमबार तरुण बिभागको कार्यालय पानीपोखरीमा आयोजित एक कार्यक्रममा बिभागका प्रमुख शंकर भण्डारी र सचिब श्याम प्रसाद श्रेष्ठको उपस्थितिमा शेर्पाले सहयोग रकम हस्तान्तरण गरेका हुन। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदिमा गत श्रावण ३० गते गएको भिषण पहिरोका कारण २२ जनाको मृत्यु भएको थियो भने १७ जना अझै बेपत्ता छन। पहिरोले ११ घर पुर्ण रुपमा क्षतिग्रस्त भएको थियो। शेर्पाले यो आपतकालीन अबस्थामा तत्काल प्रभावित क्षेत्रमा राहत पुर्याउने उद्देश्यले नगद रु. ५०,०००/- हस्तान्तरण गरेका हुन । शेर्पाले सहयोग गरेको उक्त सहयोग रकम बिभागका प्रमुख शंकर भण्डारीले नेपाली कांग्रेस जुगल गाउँपालिकाका सभापति तथा वडा नम्बर ५ का वडा अध्यक्ष सनत कुमार अधिकारीलाइ हस्तान्तरण गरेका थिए।
लिदिका पहिरो पिडितलाई तरुण बिभाग सदस्य शेर्पाको आर्थिक सहयोग