चोरमारा । सेञ्चुर कमर्सियल बैंकले नलपुरको मध्यविन्दु–३ लेडामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँमा बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्छ ।

मध्यविन्दु नगरपालिकाको दक्षिण भेगाका सेवाग्राहीको सेवालाई ध्यानमा राखेर शाखारहित बैंकिङ्ग सेवा सेञ्चुरी कमर्सियल बैंक चोरमारा शाखाका प्रबन्धक राजेश खरेलले बताउनुभयो । शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता कार्य गर्न सकिने खरेलले बताउनुभयो ।
बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनका लागि कैलाश मेडिकल हलका प्रोप्राईटर मान बहादुर महतोलाई एजेन्ट नियुक्ती गरिएको छ ।