[आज मिति २०७७ साल असोज १८ गते आइतबार । तदनुसार अक्टुवर ४ तारीख । नेपाल संवत ११४०]
मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
वृष राशि ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : लत्ता कपडामा धन खर्च हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउनपनि सक्छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ ।
कन्या राशि ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ ।
तुला राशि ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।
वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु राशि ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : आज श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
मकर राशि ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : आज आम्दानी बढ्ने नै छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला ।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : आज नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।
मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।