३२ साउन, बाँके । जिल्लाबाट थप ९ जना कोरोना संक्रमित निको भइ डिष्चार्ज भएका छन् । आइतबार डिष्चार्ज हुनेमा आदर्शनगर आइसोलेसन नेपालगन्जबाट ६ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट २ जना र धरान आइसोलेसनधनगढीबाट १ जना गरि कुल ९ जना डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । बाँकेमा हाल सम्म जम्मा कोरोना संक्रमीत ७०६ जना छन । यो संगै बाँकेमा कोरोना निको हुनेको संख्या ४ सय ४४ पुगेको छ भने आइसोलेसनमा बाँकेका २५९ जना र अन्य जिल्लाका ७ जना गरी २ सय ६६ जना छन् ।
बाँकेमा थप ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज