रन्जीत शर्मा/ नवलपरासी/ भदौ ३० । पश्चिम नवलपरासीमा आज मगंलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा ७ वर्षीय बालिका र वडा नम्बर २ मा ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या ३ सय ७० पुगेको छ । हालसम्म जिल्लामा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । जिल्लाबाट पठाएको स्वाव मध्य अझै ३ सय ९० जनाको रिपोर्ट आउन बाँकि रहेको छ ।
६ हजार २ सय ५५ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा गरीएको पिसिआर परिक्षणमा ५ हजार ९ सय ६ जनाको रिपोर्ट आएको छ । जसमध्य ५ हजार ५ सय ३६ जनाको रिपोर्ट नेगेटिभ र ३ सय ७० जनाको रिपोर्ट पोजेटिभ आएको ढकालले बताउनुभयो ।