भोक नजगाइ दिनुस्, कि पेट नपठाइ दिनुस् हे प्रभु! गरिबका मुखमा ताला लगाइ दिनुस् बाँदरहरूबाटै यी मान्छे बनेका हुन् भने प्रभु सिंहदरबारका बाँदरलाई मान्छे बनाइ दिनुस् आँसुमा मात्र हजुरको बास हुन्छ भने प्रभु ! मलाई पनि एकपटक धुरुधुरु रुवाइ दिनुस् पत्थरमा बारम्बार फूल चढाइ रहेछ मान्छे फूल र पत्थरमा के अन्तर छ? बताइ दिनुस् उसले जिन्दगी पैसाकै लागि खर्चेको थियो बिझाउला,चितामा पनि पैसा ओच्छाइ दिनुस् -सरोज_उजाड ,गजल मञ्च नवलपुर, नवलपुर
गजल - सरोज उजाड