उमेश बि.क / नवलपरासी ,१५ भदौ नेपाल घरेलु तथा साना उद्योग महासंघ सरावल गाउँपालिका समितिकाे अध्यक्ष जन्मेजय यादवले गरिबीका रेखामुनि रहेका जनतालाई स्थानीय तहले अबिलम्ब राहत दिन आग्रह गरेका छ्न । ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि जाे रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज पश्चिम नवलपरासीको सातै स्थानीय तहले ल्याउन जरुरी रहेकाे छ । यस बिपतकाे घडीमा हामी सम्पूर्ण राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,समाजिक अभियान्ता ,उद्योगी, व्यवसायी तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको छ । दिनानुदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विश्व आक्रान्त भएको छ । नेपाल तथा नवलपरासीमा समेत कोरोना संक्रमणको अवस्था भयावह भएको छ । यसबाट बच्न हालसम्म कुनै पनि ठोस उपाय बनिसकेको छैन । फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन आम जनसमुदायलाई आग्रह गर्नु भएको हाे। आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन अध्यक्ष यादवले आग्रह गरेका छ्न।
गरिबीका रेखामुनि रहेका जनतालाई स्थानीय तहले अबिलम्ब राहत दिनुपर्छ : घरेलु अध्यक्ष यादव