नवलपुर,भाद्र १३। पत्रकार महासंघ नवलपुरले अस्थायी कोरोना हस्पिटल रजहरको प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमित हरुलाइ आज बिहान फलफुल वितरण गरेको छ। कोरोना महामारी बढ्दै जादा नवलपुरमा पनि त्यस्को उल्लेखनीय प्रभाव परेको र पत्रकार ,राजनितिक ,सामाजिक लगायतका व्यक्तिमा संक्रमण देखिएको हुदा संक्रमित हरुको मनोबल बढाउन तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सघाउ होस भन्ने उद्देश्यले फलफुल वितरण गरिएको महासंघका अध्यक्ष होमराज रानाभाटले बताए। फलफुल वितरण कार्यक्रममा गण्डकी प्रदेश सांसद रोशन बहादुर गाहा,कावासोती नगरपालिका प्रमुक चन्द्रा कुमारी पुन,देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी ,चिकित्सालयका अध्यक्ष ,नवलपुरका सक्रिय पत्रकारहरु ,डाक्टरहरु लगायतको उपस्थिति रहेको थियो।
पत्रकार महासंघ नवलपुरद्वारा प्राकृतिक चिकित्सालयका संक्रमितलाई फलफुल वितरण