रंजीत शर्मा/ नवलपरासी / २४ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ०३ प्रसियामा तीन महीने सिलाई कटाई तालिम सुरु भएको छ।
पाल्ही स्वालम्वन समाजिक संस्थाकाे आयाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे सहयाेगमा महिलाहरुकाे लागि सीप विकास तालिम अन्तरगत ३ महिने सिलाई कटाई तालिम आज देखि शुरु भएको छ ।
पाल्ही स्वालम्बन समाजिक संस्थाका अध्यक्ष दिनेश गुप्ताकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यतामा सिलाई कटाई तालिमकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा कार्यपालिका सदस्य अनामिका हरिजन , पत्रकार रन्जित शर्मा , ज्ञानेश्वर साहनी, सुरेश यादव पाल्हीनन्दन शिक्षा शाखा प्रमुख अशाेक ठाकुर , श्रिनिवास गाैडं , परमेश्वर चाैहान , सनाेज गुप्ता ,पशुपति गुप्ता र मदन धाेबी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।