रन्जीत शर्मा / नवलपरासी / २९ माघ । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा न० १२ परासीमा ३ दिने प्राथमिक उपचार सम्बन्धित जनचेतनामुलक तालिम सुरु भएको छ ।
याेगदान राष्ट्रका लागि पश्चिम् नवलपरासी शाखाकाे आयाेजना तथा रामग्राम नगरपालिका ,सरावल गाउपालिका तथा पाल्हिनन्दन गाउपालिकाकाे सहयाेग तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा प्राथमिक उपचार सक्बन्धी ३ दिने जनचेतनामुलक कार्यक्रम सन्चालन भएको हो।
याेगदान राष्ट्रका लागि पश्चिम नवलपरासी शाखाका संयाेजक ज्ञानेश्वर सहानीकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिक्ता तथा सरावल गाउपालिकाका प्रमुख राधेश्याम चाैधरीको बिशिस्ट अतिथिक्ता , योगदान राष्ट्रका लागि लुम्बिनी प्रदेश संयाेजक राहुल काैशलकाे विशेष आतिथ्यतामा उद्दघाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य राेशन साह , ट्राफिक प्रहरी परासी प्रमुख दामोदर मल्ल , जिल्ला प्रहरी कार्यालय नवलपरासीका अ.स.ई सुरेन्द्र खड्का , मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता , परासी एजुकेसन सेन्टरका संचालक लक्षमण यादव , पत्रकार सुरेश यादव , गाैरीशंकर जयसवाल आदित्य प्रजापति, नेपाल रेडक्रस साेसाईटी पश्चिम नवलपरासीका घनश्याम यादव तथा रुद्र कुमारी कंडेल लगाएतकाे उपस्थिति तथा ४० जना युवा युवती सहभागीता रहेकाे थियाे ।
कार्यक्रम माघ २९ गतेदेखि सुरु भइ फागुन १ गते सम्म सम्पन्न हुने कार्यक्रमको उद्दघाट्न समारोहमा याेगदान राष्ट्रका लागि पश्चिम् नवलपरासीका सदस्य सन्दिप बि.कले स्वागत मन्तव्य राख्नु भएको थियाे भने कार्यक्रम संचालन पत्रकार रन्जित शर्माले गरेका थिए।