नवलपुरको देवचुलीमा कडा खाले शिघ्र कुपोषणका ७ र मध्यम कुपोषणका ३७ जना बालबालिका पहिचान भएका छन् । नगरपालिकामा ११ दिनसम्म भएको शारीरिक लेखाजोखा कार्यक्रममा गरिएको स्क्रिनिङमा १ हजार २ सय ८४ बालबालिका सहभागी भएका थिए ।
१७ वटा वडा रहेको देबचुली नगरपालिकाका बिभिन्न स्थानमा पुगेर गरेको स्क्रिनिङबाट कुपोषणमा परेका बालबालिका पहिचान भएको स्वास्थ्य शाखा देबचुलीका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो ।
५ बर्षमुनिका बालबालिकामध्ये यस चरणमा १ हजार २ सय ८४ बालबालिका समुदाय स्तरीय शारीरिक लेखाजोखा कार्यक्रममा सहभागी भएका हुन् ।
बालबालिकामा देखिने कुपोषणका कारण उनीहरुको शारीरिक बृद्धि बिकाससँगै मानसिक बिकासमा पनि गम्भीर असर पर्ने हुदा अभिभावकले बाल–बच्चाको सन्तुलित खानपानमा ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
देबचुलीका बालबालिकामा कुपोषणको स्क्रिनिङ: ४४ बालबालिका पहिचान