सजिंत शर्मा ,भाद्र ७ / नवलपरासी संवाद किशोर किशोरी सञ्जाल सुस्ता गाउँपालिका वडा नम्बर ४ नर्सहीको आयोजनामा सप्ताहब्यापी कोभिड १९ सम्बन्धी जनचेतनामुलक कार्यक्रम बुधबार देखी सुरु भएको छ । एस्ट्रोम फाण्डेशन नेपाल, एबीसी नेपालको सहयोग तथा सुस्ता गाउपालिकाको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । कोरोना भाइरसबाट आफु पनि बचौ र अरुालई पनि बचाऔँ भन्ने अभियान अन्र्तगत साबुन पानी मिचिमिचि हात धोऔँ, घर बाहिर जादा नियमित मास्कको प्रयोग गरौँ, सर्दी जुखाम लागेमा तथा स्वास्थ्यमा कुनै समस्या देखिए तुरुन्त अस्पतालमा जाऔँ, घरपालुवा र जंगली जनावरको पहुचबाट टाढा बसौँ, समान्य स्वास्थ्यमा समस्या देखिए पनि त्यस्ता ब्यक्तिको सम्पर्कमा नबसौँ, मासु अण्डा खानु परे राम्ररी पखाली पकाएर खाऔँ लगाएत जनचेतनामुक भोेजपुरी भाषामा लेखिएका ब्यानर र साउण्ड रेर्कड सहित सुस्ताको ग्रामिण भेकमा जनचेतना फैलाउने काम भइरहेको आयोजकले जनाएको छ ।
पछिल्लो समय समुदाय स्तरमा कोरोना भाइरसको माहमारी फैलिरहेको समाचार सम्प्रेषण भइरहदा सुस्ता गाउपालिकाका प्रत्येक वडाको प्रत्येक टोल टोल उक हप्ता सम्म जनचेतनाम’लक ब्यानर र सन्देशमुलक सुचनाबाट आफुहरुले स्वास्थ्य षेत्रमा सम्बेदनशिल भई सजग गराइरहको एबीसी नेपालका सुपरवाइजर सजिंत शर्माले जानकारी दिएका छन ।
सुस्तामा कोभिड १९ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु