चितवन ,भाद्र ५। चितवनमा कोरोना संक्रमणको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ। समुदाय स्तरमा कोरोना देखिएपछी माडी नगरपालिका बाहेक अन्य पालिकामा निषेधाज्ञा जारी गरिएको अवस्था भएपनी स्वास्थकर्मी ,व्यवसायी ,तथा अन्य पेसाकर्मिलाइ पनि कोरोना संक्रमण देखिन थालेको छ। यसै क्रममा चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्। उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्। ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्। उनीहरू ९ वर्ष देखि ६७ वर्ष सम्मका छन्।
चितवनमा स्वास्थकर्मी सहित २६ संक्रमित थपिए