-सृजना पौडेल
कावासोति । फलफुल ब्यपार गर्न थालेको १६ वर्ष भयो तर नेपालमै उत्पादित गुणस्तरिय स्याउको ब्यपार गर्न पाइएन भन्छिन कावासोती नगरपालिका ०२ की फलफुल ब्यपारी भगबती सुबेदी ।
अहिले देशभरी कोरोनाले धेरै ठुलो क्षति पारेको छ । त्यस मध्ये फलफुल ब्यपारीलाई पनि ठुलो मार पर्न गएको छ । फलफुल ब्यपारी भगबती भन्छिन कोरोनाले गर्दा ब्यापारमा मार त भैरहेकै छ । कोरोनाकै त्रासकै कारणले होला हामीले सामान राखेपनि मानिसहरु सामान किन्न पहिलेको जसरी आउदैनन् । यो भन्दा अघिल्लो दशैमा हामीले १७ लाख बराबरको फलफुल बेचेका थियौ तर अहिले ११ लाखमा झर्यो ब्यापार ।
उनि भन्छिन अन्य फलफुल ब्यापारीहरुले कोरोनाको माहोलमा खासै सामान राखेन्न तर हामीले आफुले अपनाउनु पर्ने सुरक्षा अपनाएर सुरक्षित रहेर सामान राखेकाले सफल भयौ दशैको बेला धेरै कट्ने भनेको नेपाली स्याउ,सुन्तला ,केरा हो तर मानिसहरुले राम्रो गुणस्तरको सामानमा नै पैसा हाल्न खोज्छन र नेपालमा राम्रो गुणस्तरको सामान भएर पनि बाहिरबाट ल्याउनु परेको छ ।
नेपालको मुस्ताङमा फल्ने स्याउ हामीले बाहीरी मुलुक देखि ल्याउने फुजी स्याउ भन्दा पनि धेरै मिठो हुन्छ तर बिडम्बना नेपालमा फलेका मिठा ए गेरेडका स्याउहरु बाहिर पठाईन्छ तर बाहिर नियात गरीएका जस्ता मिठा स्याउरु नेपालीहरुले खान पाउदैनन् त्यसैले फलफुलहरु बाध्य भएर बाहिर बाट ल्याउनु परीरहेको छ जस्का कारण हामीले किन्दाँ र हामीले बेच्दाँ धेरै महङगो पर्न जान्छ भन्छिन सुबेदी ।
नेपालमा फलेको स्याउहरु राम्रो गुणस्तरको नपाइएर राम्रोसंग पनि बिक्दैन र कुहीएर जाने गरेको र सर्कारसँग आग्रह गर्दै भन्छिन नेपालको स्याउ बिदेश न पाइयोस पहिला नेपालमा नै भित्रीयोस नेपालमै बेच्न पाइयोस र नेपालीले नै खाना पाउन् । यसमा सरकारको अर्थ र नेपालीको स्वास्थ्य दुवै राम्रो हुनेछ ।