आज दशैको तेस्रो दिन मान्यजनको हातबाट टीका र जमरा लगाइँदैछ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।
नेपालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भर्चुअल माध्यमबाटै टीका लगाउन आह्वान गरेको थियो ।