रन्जीत शर्मा /नवलपरासी/ ४ कार्तिक। पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं. १२ मा सशस्त्र कार्यालयको अगाडि (पुरानो महिला तथा बालबालिका कार्यालय )को भवनमा करदाता सेवा स्थापना भएको छ ।
प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कर्मचारीहरुलाई स्वागत गर्दै एक कार्यक्रम बिच कार्यालय उदघाटन गर्नुभएको हाे।
असार देखि परासीमा कारदाता सेवा कार्यालय सुरु हुनुपर्नेमा लकडाउनले गर्दा तीन महिना पछि आज देखी सेवा सुरु भएको हो । कारदाता सेवा कार्यालयबाट पहिलो सेवाग्रहीको रुपमा स्थानिय व्यापारी शम्भुप्रसाद उपाध्ययले सेवा लिएका छन ।
यसअघि परासी क्षेत्र सुस्ता ,प्रतापपुर, पाल्हीनन्दन ,रामग्राम नगरपालिकाका स्थानिय व्यापारीहरुले भैरहवा तथा सुनवल र बर्दघाट नगरपालिकाका उद्योगि तथा व्यापारीहरुलाई बुटवल आन्तरिक राजश्व कार्यालय जानु परेको थियो ।
हाल परासी करदाता सेवा कार्यालयबाट सुस्ता ,प्रतापपुर, पाल्हीनन्दन ,रामग्राम नगरपालिकाका व्यापारीहरुले सेवा लिन सकिने छ भने केहि समय पछी सुनवल र बर्दघाट नगरपालिकाका उद्योगि तथा व्यापारीहरुले पनि यहाँ बाट सुविधाले सकिने भए ता पनि हाल यी दुबै नगरपालिकाका व्यापारीहरुले बुटवल आन्तरिक राजश्व कार्यालयबाट सुविधा लिनु पर्ने छ ।
परासीमा करदाता सेवा कार्यालय नहुदाँ भैरहवा आन्तरिक राजश्व कार्यालय सेवा लिन जदाँ धेरै सास्ती र घण्टाँै लाईनमा बस्न बाध्यता रहेको थियो तर परासीमा कारदाता सेवा कार्यालय स्थापना भएपछि हामी व्यापारीहरुलाई करसम्न्धी सेवा लिन धेरै सजिलो भएको उपभोक्क्त संरक्षण मचको केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताए ।
परासी क्षेत्रमा कारदाता सेवा कार्यालय सुरु भएपछि यहाँका व्यापारीहरुले परासीबाट सेवा पाउने भएपछि आन्तरिक राजश्व कार्यालय भैरहवा जान बाध्यता हटेको नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भन्डारीले बताए ।
राजस्व तिर्नको लागि उद्योग बाणिज्यको तर्फबाट सबै खाले सहयोग गर्ने बताउदै परासीमा सेवा सुरु भएकोमा उद्योग बाणिज्य संघ उपाध्यक्ष राजेश कुमार गुप्ताले खुसी व्यक्त गरे ।
आन्तरिक राजस्व कार्यालय भैरहवाबाट संचालन अन्तरर्गत रहेको करदाता सेवा कार्यालय परासीमा सेवा दिन सुरु गरिएको करदता सेवा कार्यालयका प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।सेवा कार्यालयबाट व्यक्तिगत प्यान,व्यवसायिक प्यान, भ्याट, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान,कर विवरण, आय विवरण बुझाउने नबिकारण ,थप कारोबार,फर्मको नाम संशोधन ठाउँसारी युजर नेम आईडी पासर्पोट लगायतका सेवा प्रदान गरिने कार्यालय प्रमुख अधिकारीले बताए ।