सपना शब्द सुन्दा मस्तिष्कमा विभिन्न किसिमका तरङ्गहरू उत्पन्न हुन्छन् । ती तंरगहरु आशावादीहरु पनि हुन सक्छन् वा निराशावादीहरु पनि हुन सक्छन् । त्यही निरासावादीता लुकेको छ नेपाली कृषकहरुमा । तथ्यांकहरुले देखाउँदछन् कि ६७ प्रतिशत व्यक्तिहरु कृषि पेसा मा आवद्ध छन् । नेपालमा विभिन्न तथ्याङ्कहरुले के पुष्टि गर्दछन् कि कृषकहरु आवद्धतामा मात्रै भुलेका छन् ।
जसरी हामी सुन्दछौ युुुरोपेली मुलुकहरुको कुुल जनसंख्याको ५ वा ६ प्रतिशत मात्रै कृषि पेशामा आवद्ध हुन्छन् र पनि देशको सबै जनसंख्यालाई खाद्यान्न पुग्दछ । तर हाम्रो मुुलुकमा ६७ प्रतिशत व्यक्तिहरु कृषिमा संलग्न भएपनि विदेशबाट खाद्यान्न ल्याउनुपर्ने हुुन्छ । त्यसको मुल कारण भनेकै कृषिमा आधुनिकिकरण नहुनु हो । जबसम्म कृषकहरुले आधुनिकिकरणमा जोड दिदैनन् तबसम्म यस्तै अवस्था रहन सक्छ ।
धानको रोपाईको बेला कृषकहरु २/३ दिनसम्म लाईनमा बसेर मल लिनुपर्ने अवस्था थियो । अब हामी कल्पना गरौ त के यसरी हामी जस्तो अल्पविकसित मुलुकले कृषिमा छलाङ्ग लगाउन सक्छ । विज्ञहरुले पनि के भन्दछन् भने नेपालमा कृषि, जलविघुत र पर्यटनमा जोड दिईयो भने चाँडै समृद्ध हुनसक्छ । नेपालको कृषि क्षेत्रलाई आधुनिकिकरणमा जोड दिनुु अपरिहार्य आवश्यकता छ । मलको लागि अलपत्र पार्ने गरिएका किसानहरु के आधुनिकिकरणमा जोड दिन सक्छन् ? यो सन्दर्भमा सरोकारवालाहरुको ध्यान जानु जरुरी छ । कोरोनाको कहरले पनि हामीहरुलाई के सिकाएको छ भने कृषि पेशा उतम पेशा हो । कोरोनाको कहरले सबैतिर आक्रान्त पार्यो तर कृषिलाई केही हदसम्म मात्रै पारेको देखिन्छ ।
दिनहुँ हामीले सुन्ने गर्दछौ किसानहरुले झन्डै दशौं करोड भन्दा बढी उखु वापतको रकम नपाएको । के यसरी फस्टाँउदछ नेपालमा कृषि ? के यसरी देश समृद्ध हुन्छ ? भनिन्छ कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो तर यस्ता कृषि क्षेत्रमा व्याप्त समस्याहरु छन् । कहिलेकाही कृषकहरु मलिनो अनुहार बनाई सोध्ने गर्दछन् हाम्रो सरकार खोई ? यी र यस्ता प्रश्नहरुको उत्तरहरुको प्रतिक्षामा कहिले नथाक्ने यात्री जस्तै आफ्नो यात्रामा छन् कृषकहरु । कृषकहरु वर्षेनी कहिले मलखादको नाममा त कहिले उत्पादित वस्तुुुुहरुको बजारको नाममा विभिन्न किसिमका समस्याहरु भोगिरहेका छन् ।
कसरी समाधान गर्न सकिन्छ कृषि क्षेत्रको समस्याहरु ?
विश्वका सबै जनसंख्यालाई खाद्यान्न पुुुयाउन आधुनिक र उन्नत प्रविधिको प्रयोग गर्ने दुुुुरदृष्टि राखिएन भने भोलिका दिनहरुमा बढ्दो जनसंख्या वृद्धिले खाद्यान्नको लागि हाहाकार हुनसक्छ । तसर्थ अब हामीहरुले नवीनतम प्रविधिहरुको प्रयोग गरी कम लगानीमा धेरै उत्पादन र फाईदा लिन सकिन्छ ।
मैले हेर्दा अहिलेको परिस्थिति सहज र सरल छ किनभने सबै स्थानिय तहहरुले यसको मध्यस्तता गर्न सक्छन् । यदि सबै स्थानिय तहहरुले सम्बन्धित स्थानिय तहहरुको कुल बजेटको पन्ध्र वा बीस प्रतिशत कृषिमा लगानी गरी सहकारीतामा जोड दिने र त्यसको नियमन गर्ने । साथसाथै कृषकहरुको उत्पादित वस्तुुुुहरुको बजारीकरणको व्यवस्था मिलाएर उचित रुपले वितरित गर्ने तर्फ स्थानिय तहहरुले र केन्द्र, प्रदेशहरुले उचित प्रबन्ध मिलाइदिने हो भने अहिलेको जस्तो अवस्था रहदैन ।
अहिले वर्तमान अवस्थालाई मैले नियाल्दा कृषकहरुले सरकारसँग धेरै अपेक्षा पनि गरेका छैनन् । कृषकका केही कुुुुराहरुलाई सरोकारवालाहरुले सुनिदिने हो भने धेरै हदसम्म समाधान हुनसक्छ । कृषि क्षेत्रलाई आधुनिकिकरण तर्फ लैजान र कम लागतमा बढी उत्पादन गर्नको लागि प्रत्येक वडामा कृषक सीप उत्थानको लागि तालिम प्राप्त स्वयमसेवक परिचालित गर्ने र ती स्वयमसेवकहरुले कृषकहरुको खेतमै समेत गई कृषि क्षेत्रमा आएको समस्या समाधान गर्ने । साथसाथै कृषकहरुलाई जग्गा, कामको प्रकृति हेरी सहुलियतमा लोनको व्यवस्था गर्ने ।
मलखादको समस्या समाधान गर्नकै लागि देशमै कम्तिमा एउटा उद्योगको स्थापना गर्ने । देशमा उत्पादित वस्तुुुहरुको राम्रो मुल्यको पाउनको लागि उचित मुल्य निर्धारण गर्ने र प्रत्येक प्रदेशमा फरक फरक खाद्य वस्तुुुहरुको प्रोसेसिङको लागि कृषक र सरकारको संयुक्त लगानीमा उद्योगहरु खोल्ने । कम्तिमा प्रत्येक प्रदेशमा विउविजन बैङ्क सञ्चालन गर्ने र त्यही मार्फत उचित समयमा स्थानिय तहहरु मार्फत किसानहरु कहाँ पुुुुर्याउने ।
“भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय’’ । सम्बन्धित निकायहरुको इच्छा शक्ति हुनु धेरै जरुरी छ र त्यहीबाट समाधान हुन्छ । अहिलेको विश्व परिवेशलाई हेर्ने हो भने आधुनिक कृषिमा हामी धेरै पछाडि छौं । हामीहरुले आधुनिकतामा जोड नदिएर हाम्रो लागत बढी पर्न जान्छ र हामी बजारसँग प्रतिस्पर्धा नै गर्न सक्दैनौ ।त्यसकारणले हेर्दा सम्बन्धित निकायहरुले ध्यान दिनु अपरिहार्य आवश्यक छ ।
लेखक : बलिराम गुप्ता ( प्रतापपुुुर गा.पा.वार्ड न.९, पजरकट्टी घर भएका लेखक उनी शिक्षा, कृषि र अर्थसँग सम्बधित विषयमा कलम चलाउँछन् ।)