रन्जीत शर्मा / नवलपरासी /२ कार्तिक । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.१ देखि ६ का सबै स्वास्थचाैकीमा स्वास्थ्य सामग्री नहुँदा उपचार तथा सुरक्षामा समस्या देखे संगै इन्द्रेणी समाजिक बिकास मंचले युनाइटेड मिसन टु नेपालको सहयाेग तथा पाल्हिनन्दन गाउपालिका को सहकार्यमा एकीकृत ग्रामीण स्वास्थय परियाेजना अन्तर्गत असोज ३० गते नै स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाइएको छ ।
इन्द्रेणी सामाजिक बिकास मंचका अध्यक्ष बद्री सुवेदीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ता (दिपक)को प्रमुख अतिथिक्ता तथा १ देखि ६ वडाका वडा अध्यक्षहरुको उपस्थितिमा रमपुरवा, हरपुर , कुश्मा, पाल्ही, गेर्मी र सनइ स्वास्थ्य चौकीहरुमा चाहिने सम्पुर्ण सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै मंचका अध्यक्ष सुवेदीले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न तथा स्वास्थ्यचाैकी व्यवस्थापन गर्न सुरक्षा सामाग्री बितरण गरिएको बताउनु भएको छ । कार्यक्रममा समाजिक परिचालक सन्दीप बि०क० , राधेरमण तिवारी ,कमल लगायतको उपस्थिति रहेको थियो ।