रबिन्द्र यादव , नवलपरासी पश्चिम, देशै भर बर्तमान अवस्थामा नेपाली काङ्ग्रेस प्रवेश गर्नेको लहर बढदो छ। सोही क्रममै नवलपरासी पश्चिममा समेत नेपाली काङ्ग्रेस प्रवेशको लहर बढेको हो । विशेष गरि प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य देवेन्द्रराज कण्डेलको गृह जिल्ला रहेको नवलपरासी पश्चिममा काङ्ग्रेस प्रवेशको लहर चलेको छ।यसै क्रममा सरावल गाउपालिका १/२का निर्वाचित वडा अध्यक्षद्वय भेषनारायण चौधरी एवम शम्भु चौधरी सहित ४० जना ब्यक्तित्व लाई आज एक कार्यक्रम बिच सद्स्यता प्रदान गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गराएका छन । काङ्ग्रेस सरावल गाउपालिका वडा१/२ को संयुक्त आयोजनामा आयोजित बिजया दशमी,दिपावली,रमजान तथा छठ पर्व२०७७को पावन उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको अयोजना गरेको छ वडा सभापती रुद्रनाथ रायको सभापतित्वमा काङ्ग्रेस केन्द्रिय सद्स्य मा.देवेन्द्र कण्डेलको प्रमुख आतिथ्यतामा,जिल्ला सभापति बिष्णु पौडेलज्युको बिशिस्ट आतिथ्यतामा जिल्ला सहसचिव तथा जिसस प्रमुख शिव शन्कर राय ,केन्द्रिय संगठन बिभाग सद्स्य मोहन शर्मा,महासमिती सद्स्य तथा सरावल गापा प्रमुख राधेश्याम चौधरी,उपप्रमुख तथा महाधिबेशन प्रतिनिधि उत्तमा राय,गाउपलिका सभापती बिनोद पान्डे लगायतको उपस्थितीमा शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
काङ्ग्रेसमा प्रवेशको लहर ,२ वडा अध्यक्ष सहित ४० जनाले गरे पार्टी प्रवेश